मानव सेवा आश्रममा स्वास्थ्य जाँच


आदर्श अनलाइन, बागलुङ

१६ औ गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रम बागलुङमा निशुल्क स्वास्थ्य जाँच एव्ां उपचार गरिएको छ । उद्योग वाणिज्य सघं र धौलागिरी अस्पतालको संयुक्त आयोजनामा मानव सेवा आश्रमका व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य जाँच एवं उपचार गरिएको हो ।

स्वास्थ्य जाँच एवं उपचारको उद्घाटन गर्दै उद्योग बाणिज्य सघं बागलुङका संस्थापक अध्यक्ष श्याम ओझोले समाजको विकासको लागि सघं सस्थाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाले स्वास्थ्य सेवाको सहज पहुँच हुन सकेको अवस्थामा मानव सेवा आश्रममा स्वास्थ्य परिक्षण गरि उपचार दिनु उदाहरणीय कार्य भएको बताउनुभयो ।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठले आश्रमको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उद्योग वाणिज्य सघंका अध्यक्ष नरेश कडेलको अध्यक्षता,धौलागिरी अस्पतालका मेसु.डाक्टर रविरन्जन श्रेष्ठको स्वागत र उद्योग वाणिज्य सघंका महासचिव ऋषिराम गौतमको सञ्चालमा कार्यक्रम भएको थियो ।

मानव सेवा आश्रममा रहेको ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । आश्रममा बस्दै आएका मध्य मानसिक रोगी, थाइराइट, छाला, सुगर, प्रेपर, दृष्टिबिहिनका बिरामी जाँच गरि निशुल्क औषधी प्रदान गरिएको उद्योग वाणिज्य सघंका स्वास्थ्य संयोजक सिनियर अहेव बाबुराम केसीले बताउनुभयो । धौलागिरी अस्पतालका पाच जना डाक्टरको टोलीले बिरामीको उपचार गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *