मुक्तिनाथमा दैनिक हजारौं दर्शनार्थीको घुइँचो

आदर्श अनलाइन, म्याग्दी
पवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो समय दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

भक्तजन भने बिहानैदेखि पुगेर चिसो सिरेठोमा कठ्याङ्ग्रीदै पुजाअर्चनका लागि पर्खी रहेका हुन्छन् । नेपाल, भारत लगायतका अधिकांश मुलुकबाट भक्तजनहरु आउने गरेको मुक्तिनाथ क्षेत्र विकास कोषका सचिव रविन सुवेदीले बताउनुभयो ।

काठमाडौंबाट यात्रा थालेर नेपाल र चीनको सिमा क्षेत्र पुगेर मुक्तीनाथ आउनु भएका काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्याशुन्दर शाक्य म्याग्दीको तातोपानी घुमेर काठमाडौं फिर्कने बताउनुभयो ।

काठमाडौंबाट मुक्तिनाथ भ्रमण तथा दर्शनका लागि आउनुभएका सागर लुइटेलले आफ्नो यात्रा निकै सहज भएको बतानुभयो । काठमाडौंबाट एकै दिनमा मुक्तीनाथसम्मको यात्रा गर्न पाउनु निकै सहज भएको उहाँले सुनाउनुभयो । दैनिक एक हजार दुई सयभन्दा धेरै भक्तजनहरुले दर्शन गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *