नागरिकता विधेयक फिर्ता गर्न अनेरास्ववियू बागलुङको माग

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बागलुङले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ ।

अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जिसीले बुधवार एक विज्ञप्ती प्रकाशित गरी विदेशीलाई खुसी पार्ने नियतका साथ पारित गरिएको नागरिकता विधेयक तत्काल फिर्ता नगरे शसक्त प्रतिकार गर्ने चेतावनी दिनु भएको छ ।

अनेरास्ववियुले नागरिकता विधेयक फिर्ता गराउनका लागि देशव्यापी रुपमा जनदवाव सिर्जना गर्ने भन्दै आम जनसमुदायलाई साथ दिन अपिल गरेको छ । नागरिकता विधेयक पारित भएको विरोधमा अनेरास्ववियूले राष्ट्रपति कार्यालय अगाडि गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको प्रहरी दमन र गैरन्यायिक गिरफ्तारीको निन्दा एवं भत्सना गरेको छ ।

प्रदर्शनका क्रममा गिरफ्तार भएका अनेरास्ववियू केन्द्रीय कमिटि सचिव प्रकाश पौडेल, दिपक धामी, दिपेश प्रसाई, विनिता काफ्ले, अनुशासन आयोगका अध्यक्ष शोभा सापकोटा, स्थायी कमिटि सदस्यहरु शोभा सापकोटा थापा, राजकुमार ढकाल, कमल जोशी, अमित महर, भरत सिंह धामी, आर विक्रम ओखेडा, धर्मराज न्यौपाने, केन्द्रीय कमिटि सदस्यहरु रेखा न्यौपाने, उज्ज्वल खड्का, उमेश भण्डारी, अनुप चापागाई, पंकज पाण्डे लगायतलाई विना शर्त तत्काल रिहाई गर्न माग अनेरास्ववियुले माग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *