सिंगामा कोल्डस्टोर बन्दै

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिकाले सुन्तला उत्पादन हुने क्षेत्रमा कोल्डस्टोर निर्माण थालेको छ । फलफुल तथा तरकारीलाई भण्डार बेमौसमी तबरले विक्री गर्न सहज होस भन्ने हेतुले वडा नम्बर ४ सिंगाको राजिकुलोमा कोल्ड स्टोर निर्माण थालेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको एक करोड ९० लाख रुपैयाँले कोल्डस्टोर निर्माण गरिएको हो । कोल्डस्टोर निर्माणका लागि एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ रुपैयाँ लागत अनुमान गरिएकोमा राजेशवावु निर्माण सेवा जाजरकोटले एक करोड ५१ लाख २० हजार सात सय ३८ मा निर्माण गर्न थालेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अण बहादुर खड्काले तीन सय मेट्रिक्टन क्षमताको कोल्ड स्टोर तापक्रमलाई सन्तुलित बनाईराख्ने उपकरण र संरचनासहित निर्माण हुन लागेको बताउनुभयो । यस क्षेत्रमा उत्पादित सुन्तलाका साथै अन्य कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनका लागि कोल्डस्टोर निर्माण गर्न लागिएको अध्यक्ष खड्काले बताउनुभयो ।

म्याग्दीको बेनी नगरपालिकाको–३ को भकिम्लिको राखु, मरेक तथा ४ को बास्कुना एवम् थामाडाँडा सुन्तलाको पकेट क्षेत्र हुन् । गत वर्ष उक्त क्षेत्रमा उत्पादन भएको तीन सय ४० मेट्रिकटन सुन्तला बिक्री भएको बेनी नगरपालिकाको कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले बताउनुभयो ।

बेनी नगरपालिका–४ बास्कुनाका सुन्तलाका अगुवा कृषक तीलक गुरुङले सिजनको समयमा मुल्य नपाउने समस्यालाई कोल्ड स्टोर निर्माण भए पछि स्टोर गरेर बेमौसममा बेच्न पाएमा कृषकले राम्रो मुल्य पाउने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *