मुस्ताङमा छ जना जुवाडे पक्राउ

आदर्श अनलाइन, म्याग्दी
जिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।

जोमसोम बजारको हाम्रो होटलका संचालक ४६ वर्षीय कुलमानसिंह थापासहित तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का ३४ वर्षीय कृष्ण गुरुङ, म्याग्दे गाउँपालिका-५, का ३१ वर्षीय राजेन्द्र थापा, सोही ठाउँमा रामबहादुर थापा, स्याङ्जाको विरुवा गाउँपालिका-१ का ४७ वर्षीय टापबहादुर थापा, पुतली बजार नगरपालिका–११ का ४४ वर्षीय धनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ७३ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपिकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *