हिमोफिलियाका बिरामीलाई जिल्ला अस्पतालबाटै सुविधा दिने

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले हिमोफिलियाका बिरामीहरुलाई आवश्यक पर्ने औषधी बेनी अस्पतालमार्फत उपलब्ध गराउन आग्रह गर्ने बताउनुभयो ।

नेपाल हिमोफिलिया सोसाइटीका केन्द्रीय सदस्य सन्दीप खत्री र सोसाइटीका गण्डकी प्रदेश सदस्य डण्डपाणी पौडेलले बुझाएको हिमोफिलिया सोसाइटीको मागपत्र बुझ्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।

प्रमुख केसीले जिल्लामा रहेका हिमोफिलियाका बिरामीहरुका लागि आवश्यक पर्ने फ्याक्टर अस्पतालबाटै पाउने व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयोे ।

बुधबार हिमोफिलिया सोसाइटीले आगामी आर्थिक वर्षमा आनुवंशीय रक्तश्राव सम्बन्धी अपाङ्गगता (हिमोफिलिया) लाई पनि समेटेर आवश्यक औषधि खरिदको लागि बजेट विनियोजन गर्न माग गर्दै मागपत्र पेश गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *