नागरिकता विधेयक फिर्ताको माग गर्दै बागलुङमा राँकेजुलुस प्रद्धर्शन

आदर्श अनलाइन, बगलुङ
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बागलुङले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गर्दै बागलुङमा राँकेजुलुस प्रद्धर्शन गरेको छ ।

अनेरास्ववियु बागलुङका अध्यक्ष रोशन जिसीले विदेशीलाई खुसी पार्ने नियतका साथ पारित गरिएको नागरिकता विधेयक तत्काल फिर्ता नगरे शसक्त प्रतिकार गर्ने चेतावनी दिदै राँकेजुलुस गरिएको बताउनुभयो ।

धवलागिरि बहुमुखी क्याम्पसको गेटबाट निकालिएको राँकेजुलुस एकैछिनमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनेरास्ववियुले नागरिकता विधेयक फिर्ता गराउनका लागि देशव्यापी रुपमा जनदवाब सिर्जना गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

नागरिकता विधेयक खारेज गर भन्दै बाघचोकमा नाराबाजीसमेत गरिएको थियो । कार्यक्रममा अनेरास्वुवियुका नेता शेखर खड्काले देशको अस्मिता बेच्न नपाइने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *