नागरिकता विधेयकको विरोधमा राँकेजुलुस

आदर्श अनलाइन, म्याग्दी
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोधमा बेनीमा राँकेजुलुस प्रदर्शन गरिएको छ ।दअखिल नेपाल किसान महासंघको नेतृत्वमा भएको मसाल जुलुस बेनी बजारको क्याम्पस चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

महासंघका केन्द्रीय सचिव बेगप्रसाद गर्बुजाको नेतृत्वको जुलुसले नागरिकता विधेयकको विरोध गर्नुका साथै तीन वटै अदालतबाट दोषी प्रमाणित गरेका व्यक्तीलाई सरकारले आम माफी दिएकोमा पनि विराधे गरेको थियो ।

हालै भारतले आफ्नो संसद भवनमा राखेको नेपालको कपिलवस्तु र लुम्बिनीसहितको भारतीय नक्साको बारेमा प्रधनमन्त्रीले भारत भ्रमणको समयमा केही नबोलेको भन्दै आपत्ती प्रकट गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव बेगप्रसाद गर्बुजाले संविधानका रक्षक रहेका राष्ट्रपतिले अवैद्ध तवरल विधेयक प्रमाणित गरेर देशमाथि घात गरेको आरोप लगाउनु भयो ।

कोण सभामा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी, उपसचिव थमसरा पुन, युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्ती लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *