पाँच धार्मिक पिठमा हवन गर्दै सकियो गोरक्षहवन यात्रा


आदर्श अनलाइन, म्याग्दी

अनाप कार्यशैली तथा आध्यात्मिक कार्यदिशा अन्तर्गत गोरक्षधाम गोर्खाको धार्मिक टोलीले शुरु गरेको तन्त्रोक्त शिव गोरक्ष हबन म्याग्दिको गलेश्वरमा आएर हवन तथा पुजागरेसँगै पहिलो चरणको आध्यात्मिक कार्यक्रम सकिएको छ ।
‘राष्ट्र, राष्ट्रियता र धर्म रक्षार्थ गोरक्षधाम गोर्खाको संकल्प, सत्य र धर्म कहिल्यै मर्दैन’ कण कण गोरख जागे भन्ने मुल नाराका साथ गोर्खाबाट ५१ जनाको साथमा धार्मीक यात्रा शुरु भएको थियो ।

गुरुगोरक्षधाम सिद्धाश्रम केन्द्र, गोरखाले शुष्म शक्ति जाग्रीत गर्दै नेपाल र नेपालीको आध्यात्मिक शक्ति बढाउने एवम् राष्ट्र, राष्ट्रियता, धर्म र गौं रक्षार्थको लागि अ.ना.प. शैलीमा थालेको हवन तथा पुजन कार्यक्रम को सुरुबाती चरण सकिएको हो । हरेक तबरले देशको राज्य सत्ता सन्चालन हुदाँ विधि र पद्धतिमा शुक्ष्म शक्तिले शुक्ष्म रुपमा शक्ति प्रदान गरुन नेपाल र नेपालीमा धार्मिक भक्ति बढाउनका लागि हामीले शुक्ष्म शैलीमा कार्य गर्ने गर्दछौं गोरक्षधाम गोरखाका महासचिव दिनेश दानीले बताउनुभयो ।

गोरखाबाट निस्केको ५१ जनाको अनापको समुहले पोखराको बिन्ध्यवासीनी, बागलुङको कालिका भगवती, म्याग्दीको गलेश्वरधाम तथा मुस्ताङको कागबेनी र मुक्तिनाथमा हवन पछि पुनः म्याग्दीको गलेश्वरधाममा विशेष हवन पुजन र प्रार्थना गरि सुरुवाती चरण सकिएको जानकारी दिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म र गौ रक्षार्थ आवाज उठाउनेहरु अहिले कम भएको सन्दर्भमा सूक्ष्म शक्ति प्रदान होस भनि हामीले त्यसका लागि अ.ना. प. कार्य अगाडी बढाएका छौ । –अध्यक्ष नवराज बस्नेतले भन्नुभयो । आफ्नै धार्मीक समूह अनि पुजापाठका लागि पनि हाम्रै टोली छ हरेक स्थानमा पुगेर पुजापाठ सँगै हवन गरेर हामी फर्कीएका हौं म्याग्दीको बेनीमा भेट हुनु भएका बस्नेतले भन्नुभयो ।

बिशाल आठ रोपनी क्षेत्रफलमा फैलिएको शिलामाथिको गलेश्वर भगवानको दर्शन र यही स्थानमा पनि पुजा अर्चना सँगै हवन गर्ने सौभाग्य पनि हामीले पायौं समितिका सदस्य सन्दीप खत्रीले भन्नुभो । बिना स्वार्थ राष्ट्र, राष्ट्रियता र धर्म रक्षार्थको हाम्रो अभियानमा निरन्तर रुपमा लागि रहने सस्थाका सल्लाहकार नारायण बाबू दानीले जोड्नु भयो ।

धार्मिक स्थलहरुमा पुजन तथा हवन गर्दै मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणमा हवन तथा पुजन साथै लाख बत्ति प्रज्जोलित गरे पुनः म्याग्दीको स्थित गलेश्वर महादेवको प्राङ्गणमा हवन तथा पुजन पछि हाम्रो औपचारीक पुजन तथा हवनको यो चरणको कार्य सकिएको हो अध्यक्ष बस्नेतले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *