नियमानुसारको पारीश्रमिक उपलव्ध गराउन प्रेसचौतारीको माग

आदर्श अनलाइन, बागलुङ

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले श्रमजीवि पत्रकार ऐनले व्यवस्था गरेको अनुसारको पारीश्रमिक विना सर्त उपलव्ध गराउन माग गरेको छ । बिभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीले अहिलेपनि ऐनले व्यवस्था गरेअनुसार पारीश्रमित नियमित नपाएको भन्दै चौतारीले पारीश्रमिक नियमित उपलव्ध गराउने वातावरण सिर्जना गर्न सञ्चार प्रतिष्ठानहरुसँग माग गरेको हो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको १९ औं साधारणसभा तथा ७ औं जिल्ला अधिबेशनबाट ७ बुँदे बागलुङ घोषणा पत्र जारी गर्दै चौतारीले सामाजिक सञ्जाल युट्युवहरुमा आउने तथाकथित भ्रमपूर्ण समाचारहरुबाट विचलित नभैइ आधिकारीक दस्तावेज अध्ययन गरी संप्रेसण भएका समाचार मात्रै प्रकाशन प्रशारण गर्न आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघको सदस्य शुद्धीकरण अभियानमा प्रेस चौतारीले नेतृत्वदायी भूमिका खेल्ने घोषणा पत्रमा उल्लेख छ । युवापिढीलाई प्रेस चौतारीमा आवद्ध गरि पत्रकारितामा आकर्षित गर्ने र प्रशिक्षण, पुर्नताजगिकरण कार्यक्रम संचालन गर्ने उल्लेख छ । घोषणा पत्रमा वर्तमान सरकारको काम, कारवाही निर्णय शैलीका बारेमा खबरदारी गरी नागरिकहरुलाई सूसुचित गर्ने उल्लेख छ । संघ, प्रदेश र स्थानीय सरकारबाट नागरिकका लागि प्रदान गरिने सेवा सुविधामा पारदर्शिता र शुसासनमुखसी खबरदारी गरिने घोषणा पत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *