विद्यालय कर्मचारीको उचित सेवा सुविधाको माग गर्दै धर्ना

आदर्श अनलाइन, बागलुङ
विद्यालय कर्मचारीको उचित सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बागलुङमा धर्ना दिइएको छ । नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङले मंगलबार धर्ना दिएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसग विभिन्न समयमा विद्यालय कर्मचारीहरुको हक हित र पेशागत सुनिश्चितताका लागी सहमति गरेता पनि सम्झौता गरिएका आधारभूत मागसमेत कार्यान्वयन नगरी श्रमजीवी कर्मचारीहरुको अवमूल्यन, अनुचित श्रमशोषण र शिथिल एवं निराश बनाउने कार्यमा सरकारनै लागेको भन्दै आन्दोलनलाई व्यापक बनाउने नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले बताउनुभयो । परिषद्ले प्रेस विज्ञप्तीसमेत जारीसमेत गरेको छ ।

संघका अध्यक्ष पौडेल र सचिव लक्ष्मीकान्ता शर्मा (राजेन्द्र)द्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘न्युन वेतनमा राष्ट्रप्रतिको जिम्मेवारी पालना गर्दै आएका श्रमजीवी पेशाकर्मीहरुको पेशागत सुनिश्चितता एवं आधारभूत सेवा सुविधाका लागि गरिएको प्रयास सम्बोधन नभैरहेको यो वर्तमान सन्दर्भमा सामुदायिक विद्यालय कर्मचारीहरुको पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बुँदा नम्बर १२७ मा समेत उल्लेख भए पनि बजेटमा समेटिएको छैन, विद्यालय कर्मचारीहरुको आवाजको यथाशिघ्र सम्बोधन तथा आम पेशाकर्मीको अधिकारको प्रत्याभूतिका साथ सहज रुपमा कार्य सम्पादन सुनिश्चितताका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *