दोस्रो जिल्ला सभाकाे निर्णय सार्वजनिक

आदर्श अनलाइन, बागलुङ

जिल्ला समन्वय समिति बागलुङले दोस्रो जिल्ला सभा मार्फत १४ वटा निर्णय गरेको छ । बुधबार जिल्ला समन्वय समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा ढिला सुस्ती भएका निर्माण आयोजना, बजेट बिनियोजनमा समन्वय, मध्यपहाडी लोकमार्ग अतिक्रमण, सडक तथा पुल निर्माणमा भइरहेको ढिलाई भइरहेको विषयमा ध्यानाकर्षण लगायतको निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले जानकारी दिनुभयो ।

थापाले जिल्ला समन्वय समिति बागलुङबाट चालु आर्थिक वर्षमा भइरहेको विकास निर्माण र सम्बन्धीत कार्यक्रमहरुको प्रभावकारीता अनुगमन गर्ने, जिल्ला समन्वय समितिको मौजुदा रकम बाँडफाँड, ढुङ्गा, गिटी र बालुवा प्रशोधन तथा क्रसन सञ्चालनका लागि निर्देशन दिइएको छ ।

यस्तै गलकोटको मनेवापाटामा लोकमार्ग दरमखोला हाइड्रोपावरले मिचेको विषयमा ध्यानाकर्षण गर्ने, ठूला सडक तथा भवन निर्माणमा भइरहेको ढिलाईप्रति सम्बन्धीत निकायमा पत्र पठाउने लगायतको निर्णय गरिएको जिल्ला समन्वय प्रमुख अमर थापाले बताउनुभयो ।

“संघीयताको मर्म अनुसार अनुगमन र समन्वयको जिम्मेवारी अनुसार काम भइरहेको छ, कतिपयले जिविसकै रुपमा हेर्नुहुन्छ, अहिले त्यस्तो छैन, विकास निर्माणमा योजना मात्रै खोज्ने चलन भयो, भइरहेका योजनाहरु सक्नेमा ध्यान गएन” थापाले भन्नुभयो “हामीले पालिकालाई बातावरण अनुकुल विकास निर्माण गर्ने, सम्पदा जोगाउने, संरक्षण गर्ने र प्रचार प्रचार गर्न भनेका छौं ।”

थापाले जिल्लामा ठूला सडक, पुल तथा भवनहरुमा भइरहेको ढिलाईप्रति असन्तुष्ट व्यक्त गर्नूभएको थियो । कार्यक्रम जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *