बागलुङमा विज्ञान तथा आध्यात्म विषयक बहस तथा छलफल कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

युवाहरुलाई लक्षित गरि बागलुङमा विज्ञान तथा आध्यात्म विषयक बहस तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ जेसीजको आयोजना र नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

आध्यात्म विनाको विज्ञान र विज्ञान विनाको आध्यात्म अपुरो हुने भएकाले आध्यात्म ज्ञानमा कतिपय जानकार नभएको विषयलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको बागलुङ जेसीजले जनाएको छ ।

कार्यक्रमको उद्घाटन नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशका प्रभारी महात्मा पिताम्बरा वाईजीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले आध्यात्म बिनाको जिवन सार्थक नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल मानव धर्म सेवा समितीका वरिष्ठ सल्लाहकार डाक्टर जयप्रकाश अग्रवालले प्रम्ख बक्ता र नेपाल मानव धर्म सेवा समितिका युवा संगठन संयोजक उत्तम गिरीले सहायक बक्ताको सपमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, कार्यकारी उपाध्यक्ष गणेश महतोको स्वागत र निर्देशक रोहन जि.सीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *