धम्जामा सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउपालिकाको आयोजनामा काठेखोला गाउँपालिका–३ धम्जामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । स्थानीय तहको सुशासन, सामाजिक उत्तरदायित्व, पारदर्शिता एवं जवाफदेहिताको लागि काठेखोला गाउँपालिका–३ धम्जा वडा कार्यालयले चालु आर्थिक वर्षमा सम्पन्न बजेट, योजना तथा कार्यक्रमका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

काठेखोला गाउँपालिकाको आर्थिक सहयोग तथा लेखन नेपाल मिडिया प्रालिको समन्वयमा सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको प्रश्नको जवाफ दिदै वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर विकले सीमित स्रोत र साधनहरुका बीच केही सफलताको सुरुवात गरेको बताउनुभयो ।

“जनताको आकांक्ष धेरै छन्, तर स्रोत तथा साधनहरु असिमित छन्, देशभरको आर्थिक संकटका कारण केही सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न सकिएन” अध्यक्ष विकले भन्नुभयो “पूर्वाधारका योजनामा धेरै सफलता प्राप्त भइरहेको छ, स्थानीयहरुको साथ र सहयोग पाएको छु, रक क्लाइमिङ, अवलोकन भ्रमण तथा दलित सशक्तिकरणको कार्यक्रम भने चालु आर्थिक वर्षमा का मगर्न सकिएन ।”

कार्यक्रममा स्थानीय गोबिन्द भण्डारी, नगेन्द्र बहादुर भण्डारी, दिपेन्द्र राना, निरज कुमार विक, तुल भण्डारी, रिम थापा, होमकली विक, कुलदिप क्षत्री, भविलाल थापा, खिम बहादुर छन्त्याल देवेन्द्र खड्का, डिलु केसी र भविलाल बिकले सेवा प्रवाह तथा योजना निर्माणका विषयमा प्रश्न राख्नुभएको थियो ।

उनीहरुले टनेल उपयोगिताको अनुगमन, पर्यटन रक क्लाइमिङ योजनाको कार्यान्वयन, सामाजिक सुरक्षा वडामै वितरण गर्न पर्ने, कोल्डस्टोर सञ्चालनमा समन्वय गर्नुपर्ने विषयमा प्रश्न राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाको मन्तव्य तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कोषाध्यक्ष खेमराज गौतमले कार्यक्रममाथी टिप्पणी राख्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष कुल बहादुर बिकको अध्यक्षता, पत्रकार डम्मर बुढा मगरकोे सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *