‘भारतबाट दूध ल्याउन विकास बोर्ड खारेज गरियो’

आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारले दूग्ध विकास बोर्ड खारेज गरेपछि दूग्ध उत्पादक किसान तथा सहकारीहरूले विरोध जनाएका छन् । शुक्रबार बागलुङमो पत्रकार सम्मेलन सम्मलेन गरि बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले जिल्लामा एक हजार ५०० किसानको दूध वितरण गर्दै आएको बागलुङ दूग्ध उत्पादक सहकारी संघ बागलुङले दूग्ध विकास बोर्ड खारेजीको विरोध जनाएको हो ।

दूग्ध क्षेत्रको विकासमा अमुल्य भुमिका खेल्दै आएको विकास बोर्ड खारेज गरेर भारतबाट दूध निर्यात गर्ने प्रपन्च रचेको सहकारी संघले आरोप लगाएको छ । किसानले उत्पादन गरेको दूधलाई प्रोत्साहन गर्नुको सट्टा निरूत्साहित गर्न खोजेको दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

यहाँका किसानले करोडौ मुल्यमा खोलिएका गाई र भैसी फर्मलाई प्रवद्र्धन गर्ने र मुल्य श्रृङ्खलामा भूमिका खेल्दै आएको बोर्ड खारेज गर्दा दूध तथा दूग्ध निर्यात गर्न भारतलाई अप्रत्यक्ष रूपमा बाटो खुलेको गौतमको भनाई छ । दूग्ध विकास बोर्ड खारेजीको निर्यण फिर्ता नगरे आन्दोलनमा जाने संघले जनाएको छ ।

कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष उमानाथ सापकोटाको स्वागत तथा सचिव राम बहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *