मध्यरातमा गोरु काट्ने नौ पक्राउ

आदर्श अनलाइन, बागलुङ

मध्यरातमा दुई वटा गोरु काट्ने नौ जनालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । गयराती बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ माझखर्क स्थित छविलाल पुनको खाली गोठमा दुई वटा गोरु काटिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नौ जना सहित गोरु काट्न प्रयोग गरिएको हातहतियार र ७० केजी मासु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–७ माझखर्क निवासी उक्तम बुढा मगर, देब बहादुर बुढा मगर, शेर बहादुर बुढा मगर, तेज बहादुर बुढा मगर, गिर बहादुर बुढा मगर, हिमाल बुढा मगर, गिर प्रसाद बुढा मगर, मन बहादुर बुढामगर र मानसिंह बुढा मगर रहनुभएको छ ।

पक्राउ पर्ने नौ जनालाई इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइदै गरिएको सूचना अधिकारी केसीले बताउनुभयो ।

प्रहरीले घटनास्थलबाट ७० केजी गोरुको मासु, बन्चरो एक थान, चक्कु दुई थान, हसिया तीन थान र दुई वटा गोरुको टाउँको बरामद गरेको छ । पक्राउ परेका नौ जनालाई पशुपन्छी सम्बन्धी कसुर अन्र्तग मुद्दा चलाइने प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *