बागलुङमा अन्तर विद्यालय स्तरीय शिक्षकहरुको फुटसल प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङ

बागलुङमा दोस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलको आयोजनामा दोस्रो अन्तर विद्मालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको पहिलो चरणको खेलबाट शुक्रबार ४ टिम तेस्रो चरणमा प्रवेश गरेका छन् ।
खेलमा सहभागि विद्मालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहको आयोजकले जनाएको छ ।

सो प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै नगर शिक्षा अधिकारी पोख्रेलले शिक्षकहरुले पाठ्यक्रमको शिक्षणमा मात्र नभएर खेल क्षेत्रको सिकाइमा पनि सबल रहन तथा जोडिन आव्हान गर्नुभयो ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, प्याब्सन बागलुङका अध्यक्ष दल बहादुर थापा, चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलका व्यवस्थापन समिति उपाध्यक्ष उषा शर्मा पौडेल, सदस्य राजेन्द्र आचार्य लगायतले कार्यक्रमको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रम चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठको अध्यक्षता, शिक्षक सुरेश सुनारको सञ्चालन तथा शिक्षक वुद्धिवल थापाको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल २७ गते शनिबार बिहान ९ बजे हुने चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका शिक्षक जीवन रोकाले जानकारी दिनुभयो ।

शिक्षकहरु अध्यापनका साथसाथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय बन्न प्रेरणा बनोस् भनि प्रतियोगिताको आयोजना गरिएको चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका शिक्षक सुशिल राजभण्डारीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा ११ टिमकोे सहभागीता रहेको चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका सूचना अधिकारी तार्जन कायत मगरले जानकारी दिनुभयोे ।

प्रतियोगिताको विजेता टोलीले १५ हजार, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुने चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका खेल प्रशिक्षक तथा प्रतियोगिताका संयोजक सौगात खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *