पैयुँपाटाका महिलालाई उद्घोषण तालिम


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–१३ पैयुँपाटाका महिलालाई एक दिने उद्घोषण तालिम प्रदान गरिएको छ ।

पैयुपाटा महिला सञ्जालको संयोजन तथा बागलुङ नगरपालिका–१३ वडा कार्यालयको आर्थिक सहयोगमा महिलाहरुलाई उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम प्रदान गरिएको छ ।

महिलाहरुको क्षमता विकास तथा सामाजिक उत्तरदायित्व बहन गर्नका लागि महिला सञ्जालमा आबद्ध महिलाहरुलाई भाषण तथा उद्घोषण कला सम्बन्धी तालिम प्रदान गरिएको बागलुङ नगरपालिका–१३ पैयुपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।

तालिमको उद्घाटन पछि बोल्दै पौडेलले महिलाहरुलाई समेत सामाजिक क्षेत्रमा अगाढी बढाउन क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

तालिमको नागरिक दैनिकका पत्रकार संगम घर्ती, नयाँपत्रिका दैनिकका पत्रकार नारायण रिजाल र नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवासले सहजीकरण गर्नुभएको थियो ।

तलिममा भाषण कला, उद्घोषण र वाककला गरी तीन विधामा छुट्टाछुट्टै प्रशिक्षण गरिएको थियो । तालिममा कान्तिपुर दैनिकका पत्रकार प्रकाश बरालले टिप्पणी गर्नुभएको थियो ।

तालिममा सहभागी ५० जना महिलाहरुले भाषण र उद्घोषणका लागि आवश्यक पर्ने आधारभूत ज्ञान प्राप्त गरेको बताएका छन् ।

महिलाहरुले सार्वजनिक स्थानमा बोल्न नसक्दा महिलाका माग तथा समस्याहरुको सुनुवाई कम भएको बताउदै महिलाहरु समेत सक्षम हुदै जान आवश्यक रहेको बताएका छन् ।

कार्यक्रम महिला सञ्जाल पैयँुपाटाका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता तथा वडा कार्यालयका पशु प्राविधिक पूर्ण प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *