अप्राकृतिक मैथुन कसुर : १२ वर्ष कैद फैसला


आदर्श अनलाइन, बगालुङ

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला अदालत बागलुङले १२ वर्ष छ महिना कैद फैसला गरेको छ ।

अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई जिल्ला अदालत बागलुङले १२ वर्ष छ महिना कैद सजाय फैसला गरेको हो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको आदेशले कैदसँगै रु. ४० हजार जरिवाना समेत फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो । पीडित बालकलाई रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले साउन २२ गते उनकै घरबाट गिरफ्तार गरि अनुसन्धान गरि २०७९ भदौ १३ गते जिल्ला अदालत बागलुङमा अप्राकृतिक मैथुन कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । अदालतको भदौ १५ गतेको आदेशले आरोपित पुर्पक्षको लागि थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *