प्रेस चौतारी मुस्ताङको साधारणसभा


आदर्श अनलाइन, मुस्ताङ

हिमालापरीको जिल्ला मुस्ताङमा प्रेस चौतारी नेपालको बार्षिक साधारणसभा सोमबार जोमसोममा सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीलक बिकले प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको समृद्धि र बिकासमा प्रेस चौतारीले सँधै नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

उहाँले हिमालपारीको जिल्लामा रहेर पनि पत्रकारिता क्षेत्रलाई अगाडी बढाउँदै सूचना प्रवाह गर्न निकै कठिन भएको भए पनि यहाँका पत्रकारको भुमिका अतुलनिय रहेको बताउनुभयो । पत्रकार महासंघको सुद्धिकरण अभियानमा प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै सुद्धिकरणका नाउँमा कसैलाइ सक्ने र कसैलाइ उठाउने कार्य हुन नहुने उहाँको भनाई थियो । पत्रकारिता क्षेत्रमा रहेका र त्यस क्षेत्रको उत्थानका लागि लाग्नेहरु महासंघमा रहनु पर्ने बताउँदै उहाँले गैरपत्रकारलाई महासंघमा राख्न नहुने धारणा राख्नुभयो ।

नेकपा एमाले मुस्ताङका अध्यक्ष आशबहादुर थकाली, नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रेस चौतारी नेपाल मुस्ताङका अध्यक्ष सुनदेवी रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकास बिकले गर्नुभएको थियो । कर्याक्रमको बन्दसत्रले कोषाध्यक्ष पेमा छेन्तेन बिकले प्रस्तुत गरेको आर्थिक तथा सचिव विकास बिकले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन छलफल पछि सुझाब सहित पारित गरेको अध्यक्ष रसाइलीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *