सामुदायिक विद्यालय सुधार गर्न ‘शिक्षा संवाद’


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले सामुदायिक विद्याल सुधार गर्न थालेको छ ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा आजको प्रमुख उद्देश्य भएको भन्दै बागलुङ नगरपालिकाले नीति तथा कार्यक्रम शिक्षा मैत्री बनाउन थालेको हो ।

नगरपालिकाले आगमी नीति तथा बजेट कार्यक्रममा शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा संवादको आयोजना गरेर सुझाव समेत संकलन गरेको छ ।

नगरपालिकाले सबै सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकलाई शिक्षा संवाद मार्फत गुणस्तरीय शिक्षाका लागि विज्ञहरुको सुझाव संकलन गरिएको बागलुङ नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा विद् तथा विद्यालय सुधारकहरुसंग शिक्षा संवाद गरेर सामुदायिक विद्यालयलाई सुधार गर्न सुरुवात गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“सामुदायिक विद्यालय सुधारका लागि हामी अत्यन्तै चिन्तित छौं, भौतिक पूर्वाधार राम्रो भइसकेको छ, तर गुणस्तरीय शिक्षाको आवश्यकता छ, शिक्षामा लामो समय काम गरेका, शिक्षा विद् तथा विद्यालय सुधारक संग विद्यालयकका प्रतिनिधि राखेर शिक्षा संवाद गरेका हौं” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “आगमी वर्ष बालमैत्री नगरपालिका घोषण गर्ने तयारी छ, विद्यालयलाई बालमैत्री बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्न योजना निर्माणमा लागेको हौं, जस्का लागि शिक्षा संवादबाट शुरुवात गरेका छौं ।

आगामी आर्थिक वर्षको लागि स्थानप्य सरकार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको समयमा नगरपालिकाले शिक्षामा बजेट कसरी निर्माण गर्ने भन्ने विषयमा समेत छलफल गरिएको बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
केन्द्रिय सरकारबाट बजेट आए सँगै प्रदेशको बजेटको प्रतिक्षामा रहेका स्थानीय तहले समेत बजेट तथा कार्यक्रम बनाउनका लागि तयारी थालेका हुन् ।

जिल्लाको बागलुङ नगरपालिकाले शिक्षा सम्बन्धी भावी नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा छलफल गर्नका निम्ती ‘शिक्षा संवाद’मार्फत सुझाव मागिएको हो ।

नगरक्षेत्रमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागिता रहेको कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बृहत छलफल गरिएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिका भित्रको शैक्षिक गुणस्तर सुधारका निम्ती कस्ता कार्यक्रम ल्याउने भन्ने विषयमा छलफल भएको थियो । शिक्षा सम्बन्धी विज्ञहरुको राय सुझाव सहित कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको र नगरपालिकाले सोही छलफललाई आधार मानेर नीति तथा कार्यक्रम बनाउने छ ।

शिक्षा संवादमा शिक्षाका लागि राष्ट्रिय अभियानका सहजकर्ता अभिषेक घिमिरेले शिक्षामा सुझा ल्याउन सक्ने आधारहरु पेश गर्नुभएको थियो ।

बागलुङ नगरपालिकाले बालमैत्री नगर घोषणाको लागि आवश्यक तयारी थालेको छ । त्यसका लागि आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रम अगाडी बढाउनुपर्छ त्यसका बारेमा पनि छलफल भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *