बालिका बलात्कार कसुरमा बरेङका खत्रीलाई १० वर्ष कैद

आदर्श अनलाइन, बागलुङ

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले एक युवालाई १० वर्ष कैद फैसला गरेको छ ।

बरेङ गाउँपालिका–५ का २१ वर्षीय निर्मल खत्रीलाई १० वर्ष कैद फैसला सुनाइएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको मंगलबारको इजलाशले खत्रीलाई कैदसँगै ४ लाख जरिवाना र रु. २० हजार क्षतीपूर्ती सजाय सुनाएको अदालतका श्रेष्तेदार सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । २०७९ वैशाख २ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले खत्रीलाई वैशाख ९ गते गिरफ्तार गरी जेठ ३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

खत्री जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *