विद्यालय सुधारका लागि स्पेनमा च्यारिटी सो

आदर्श अनलाईन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका–४ तग्राम स्थित चन्द्र आधारभूत विद्यालक सुधारका लागि युरोपको स्पेनमा च्यारीटी सो आयोजना गरिएको छ । विद्यालयलाई स्थापनाकालदेखि सहयोग गर्दै आउनुभएका केशर बहादुर थापाले विद्यालयको सुधारका लागि स्पेनेमा असार २ गते च्यारिटी सोको आयोजना गर्नुभएको छ ।

च्यारिटी सो मार्फत संकलन गरिएको रकमको ५० प्रतिशत विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा खर्च गरिनेछ । थापाको रेष्टराँको १८ आंै वार्षिककोत्सवको अवसरमा च्यारिटि सो गर्न थालिएको हो । विद्यालयलाई भौतिक तथा शैक्षिक सुधारको लागि च्यारिटी सो हुने भएको चन्द्रा आधारभूत विद्यालयका प्रधानध्यापक गिर बहादुर पुनले बताउनुभयो ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको विद्यालयको भनाई छ । च्यारिटी सो मार्फत विद्यालयलाई सहयोग प्राप्त भएमा प्रविधिमैत्री विद्यालय, रङ्गरोगन, कक्षाकोठा व्यवस्थापनको काम गरिनेछ । यस अघि समेत थापाले विद्यालयको देउसी भैलो कार्यक्रम मार्फत रु. एक लाख ५ हजार सहयोग गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *