लेखानीमा सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङ
स्थानीय तहको पारदर्शीता सुशासन र जवाफदेहिताका लागि बागलुङको काठेखोला गाउँपालिकाले लेखानीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको आर्थिक सहयोग तथा लेखन नेपाल मिडिया प्रा.लिको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईमा वडाअध्यक्ष प्रमानन्द कँडेलले चालु आर्थिक वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा सिमित स्रोत तथा साधनका बीच वडाले केन्द्र र प्रदेश संगको साझेदारीमा सडक, शिक्षा, अनावश्यक रुख हटाउने कार्य, पदमार्ग निर्माण लगायतका क्षेत्रमा काम गरेको अध्यक्ष कँडेलको भनाइ छ ।

उहाँले वडामै सामाजिक सुरक्षा भत्ता मुख्य उपलब्धी रहेको बताउनुभयो । वडा कार्यालयले बुद्ध विहार निर्माणमा सार्थकता, ताराखेल र आर्चरी खेल संरक्षण र रिचार्ज पोखरी निर्माणको अभियान ल्याइएको बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा नागरिकहरुले सावकिका सबै वडामा समान बजेट हाल्न आवश्यक रहेको, भौतिक संरचनाहरु सडक र विद्यालय भवनमा बजेट विनियोजन गर्न माग राखेका छन् । सार्वजनिक सुनुवाईमा दिल बहादुर काउचा, रन बहादुर पुन, कृष्ण बहादुर छन्त्याल,दिपक रोका, रुद्र प्रसाद श्रेष्ठ, हर्क बहादुर श्रीस, यामुना सुनार, खिमानन्द कंडेल, टंक बहादुर थापा, नरबहादुर काउचा र बिन्दु छन्त्याल लगायतले वडाको सेवा प्रवाह र विकास निर्माणका विषयमा जनप्रतिनिधिहरुलाई प्रश्न राखेका थिए ।

स्थानीयले शिक्षामा प्राथमिकता दिनुपर्ने, रुख कटानलाई निरन्तरता दिनुपर्ने र सेवा प्रवाहलाई चुस्त बनाउनुपर्ने सुझाव व्यक्त गरेका थिए । सार्वजनिक सुनुवाईमा नेपाल पत्रकार महासंघका सचिव विजय रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले सार्वजनिक सुनुवाईमाथि टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रम वडा अध्यक्ष प्रमान्नद कँडेलको अध्यक्षता, वडा सचिव प्रतिमा सिग्देलको स्वागत तथा पत्रकार डम्मर बुढा मगरको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *