अन्नपूर्ण गाउँपालिकाका सहकारीकर्मीलाई तालिम

आदर्श अनलाइन, बागलुङ
अन्नपूर्ण गाउँपालिका म्याग्दीमा सञ्चालित सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि २ दिने सहकारी शिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई संस्थागत रुपमा सक्षम बनाउनका लागि सञ्चालक समिति र कर्मचारीहरुलाई सहकारीका आधारभूत विषयका साथै संस्था सञ्चालनमा आवश्यक नीतिगत तथा व्यवहारिक ज्ञान दिनका लागि तालिम आयोजना गरिएको पालिकाले जनाएको छ ।

तालिमको शुभारम्भ गर्दै गाँउपालिकाका उपाध्यक्ष दिवा कुमारी पुर्जा पुनले स्थानीय तहको आर्थिक विकासको महत्वपूर्ण साझेदारका रुपमा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गराउनका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले सहकारीमार्फत स्थानीय जनतालाई आर्थिक रुपमा समक्ष बनाउनुका साथै समाज रुपान्तरणमा समेत सहकारीको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सहकारीहरुको संस्थागत विकाससंगै सहकारीका सदस्यहरुको जीवनशैलीमा रुपान्तरण गर्नका लागि पालिका र सहकारी संस्थाहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

No description available.

अन्नपूर्ण गाउँपालिका वडा नं. ८ का अध्यक्ष तथा गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक खम बहादुर गर्वुजाले अन्नपूर्ण गाउँपालिका स्थानीय स्रोत र पर्यटनका हिसावले महत्वपूर्ण रहेकाले सहकारी र पालिकाबीच समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । सहकारीको आधारभूति पक्ष, कानुनी पक्ष, व्यवस्थापकीय पक्ष, समसामयिक विषयवस्तु र संस्थागत विकास लगायतका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका सहकारी शाखा प्रमुख भगवती खड्काले जानकारी दिनुभयो ।

तालिममा गाउँपालिकामा क्रियाशिल १३ वटा सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरु सहित ३० जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *