नयाँ भाडादर कायम गर्न सवारीसाधनमा भाडादर टाँस


सुजन रेग्मी, बागलुङ

असार १ गतेदेखि नयाँ भाडादर कायम गरिएको छ । जेष्ठ ३० गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा निर्धारण गरिएको बागलुङ जिल्लाभरको भाडादर असार १ गतेदेखि लागु गर्नका लागि सरोकारवाला निकायहरु सडकमै उत्रिएका छन् ।

नयाँ भाडादर टाँस्न प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का, यातयात व्यवस्था कार्यालय पारसिंह थापा र जिल्ला ट्राफिक कार्यालय प्रमुख सहितको समूह सडकमानै उत्रेको हो ।



प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भाडादर कायम भए नभएको नियमित निगरानी गरिने बताउनुभयो । उहाँले सबै सवारीसाधनले देखिनेगरी नयाँभाडादर टाँस गर्नुपर्नेर यात्रुले समेत भाडादर हेरेर मात्रै भुक्तानी गर्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *