बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा शर्मा चयन

आदर्श अनलाइन, बागलुङ
सहकारीमा कार्यरत प्रबन्धकहरुको क्लव बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा नवराज शर्मा चयन हुनु भएको छ ।
विगतमा बागलुङ को–अपरेटिभ म्यानेजर्स र कोअपरेटिभ म्यानेजर्स दुई छुट्टाछुट्टै क्लवको रुपमा दर्ता भई संचालनमा आएका क्लवहरु बिच एकता गरि सम्पन्न भएको संयुक्त साधारणसभाले सिवाइसीमा कार्यरत शर्माको अध्यक्षतामा बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवको नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आदर्श संचार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका प्रवन्धक ताराप्रसाद शर्मा र कोषाध्यक्षमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध चन्द्रा कार्की चयन हुनु भएको छ ।

सदस्यमा भरत पौडेल, बिमला गुरुङ, मिना ताम्राकार, टिकाराम सापकोटा, त्रिलोचन रिजाल, बिरोश क्षेत्री, चेतनारायण अर्जेल र अशोक गौतम रहनु भएको छ । साधारणसभाको उद््घाटन राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रवन्धक युवराज त्रिपाठीले गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रवन्धक युवराज त्रिपाठी र कोअपरेटिभ म्यानेजर्स क्लवको तर्फबाट एकता कार्यदलमा सहभागी नरेन्द्र कँडेलले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । नयाँ समिति चयन प्रश्चात अध्यक्ष शर्माले प्रतिवद्धता मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपकजंग राजभण्डारीको अध्यक्षता, कोअपरेटिभ म्यानेजर्स क्लवका नवराज शर्माको स्वागत र बागलुङ को–अपरेटिभ म्यानेजर्स क्लवका सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *