डेङ्गु रोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाभर डेङ्गु लगायत किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थानको खोजी गरि लार्भा र प्युपा नष्ट गरिने भएको छ । डेङ्गु लगायतका रोगबाट बच्ने उपाय र नियन्त्रणका बारेमा सरोकारवालासँग अन्तरक्रिया गर्दै बागलुङ नगर स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा र प्युपा नष्ट गरिने जानकारी जगाएकाे हाे ।

स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले डेङ्गु जोगिन सरसफाईमा ध्यान दिनु पर्ने बताउनुभयो । बागलुङमा अघिल्लो वर्ष धेरै नागरिकलाई डेङ्गु संक्रमण भएको भन्दै यस वर्ष पनि बर्खा याम सुरु हुन थालेको र जोखिम बढेको हुँदा सजक रहन आग्रह गर्नु भयो ।

कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख राप्रसाद खनाल, नगर अस्पतालका प्रमुख डाक्टर गरिमा खनालले डेङ्गुका लक्षण, बच्ने उपायका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम विष्णुप्रसाद शर्माको स्वागत र डिल्ली आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *