रेबिज रोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको पशु सेवा शाखाद्वारा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी रेबिज रोगबाट बच्नका लागि सबैलाई आग्रह गरेको छ । रेबिज रोग लागेपछि सत प्रतिशत मृत्यु हुने भन्दै रेबिज रोग लाग्न नदिन सचेतान अपनाउनुपर्ने बागलुङ नगर पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले बताउनुभयो ।

नेपालमा कुकुरको टोकाईबाट रेबिज रोग सर्ने र मृत्यु हुनेगरेको भन्दै यसबारे सबैलाई सचेतना पु¥याउन आवश्यक रहेको उहाँको भनाई छ । कार्यक्रममा कुकुरको टोकाइबाट मुत्यु हुने मानिसको संख्या शून्य बनाउने तर्फ नगरपालिका अग्रसर रहेको बताउनुभयो ।
“नगरपालिकाले कुकुर व्यवस्थापन कार्यवि िसमेत बनाएको छ, नगरपालिका भित्रका भुसिया कुकुरलाई बन्धयाकरण गर्ने, रेबिज विरुद्धको सुई लगाउने काम भइरहेको छ, अहिले घरपालुवा कुकुरहरुको दर्ता गर्नेगरी नगरपालिका अगाढी बढेको छ” सापकोटाले भन्नुभयो “नगरपालिकामा भुषिया कुकुरको समस्या छ, नगरपालिकाले व्यवस्थापनका लागि निरन्तर काम गरिरहेको छ, कुकुरले टोक्नासाथ रेबिज विरुद्धको खोप लगाउन भुल्नु हुँदैन ।”

रेबिज विरुद्धको खोपले ज्यान जोगाउन सहयोग गर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकाले रेबिज रोगबाट बच्न कुकुरहरु व्यवस्थापनका लागि दीर्घकालिन योजना अघि सारेको बताउनुभयो ।

उहाँले भुसिया कुकुरलाई नियन्त्रणमा लिएर एकठाउँमा पाल्ने व्यवस्थापन मिलाउने नगरपालिकाको योजना रहेको बताउनुभयो । नगरपालिकाले कुकुर होस्टेलको अवधारणा ल्याउने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *