क्रिकेट संघ म्याग्दीको अध्यक्षमा पौडेल


आदर्श अनलाइन, म्याग्दी

जिल्ला क्रिकेट संघ म्याग्दीको शनिबार भएको भेलाबाट प्रविण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

भेलाबाट उपाध्यक्षमा कर्णबहादुर घिमिरे, सचिवमाा छवि आचार्य, कोषाध्यक्ष सौरभ किसान र सहसचिवमा सुनिल थापा मगर चयन हुनुभएको छ । समितिको सदस्यहरुमा सदस्यहरुमा अजय छिनाल, प्रसान्त पौडेल, सुरज भट्टराई, शिशिर दर्लामी, शंकर घिमिरे, सचिन कार्की र दिपक विक चयन हुनुभएको छ ।

कार्यक्रममा खेलकुद विकास समिति अध्यक्ष खत्रीले खेल क्षेत्रको विकासले मात्रै समग्र मुलुकलाई विश्वमाझ चिनाउन मद्दत गर्ने बताउनुभयो ।

उहाँले क्रिकेट खेलाडी सन्दीप लामिछानेले तथा वर्तमान राष्ट्रिय टोलीका कप्तान रोहीत पौडेल लगायतलको मेहनतले नेपाल अहिले विश्वकप छनौट चरणमा पुगेको स्मरण गर्नुभयो । उहाँले विश्वमा कसैले नसकेको एकदीवसीय क्रिकेटमा एक्लै १० विकेट लिने पनि नेपाली खेलाडी मेहबुब आलम गिनिज बुकमा नाम लेखाउन सफल क्रिकेटका एक्ला खेलाडी भएकाले सम्भावना भएको खेल क्रिकेटलाई अगाडी बढाउन आफूले सँधै साथ दिने धारणा राख्नुभएको थियो ।

क्रिकेट संघ म्याग्दीका अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण कटुवालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *