मिरमिरे कृषि सहकारीको अवलोकन

आदर्श अनलाइन, बागलुङ
कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सचिव सहदेवप्रसाद हुमागाईले उत्पादनका आधारमा कृषकलाई अनुदान दिने नीति बनाएको बताउनुभयो । आइतबार मिरमिरे कृषि सहकारी संस्था लिमिडेटले गरेका गतिविधिको अवलोकन गर्न बागलुङ आउनु भएका हुमागाईले कृषिकका समस्यालाई पहिचान गरि समाधान गर्न तर्फ लाग्ने बताउनुभयो ।

अहिलेसम्म अनुदान वितरणमा केही त्रुटि भएको जनगुनासो आएको भन्दै अब वास्तविक कृषकलाई मात्रै प्रदान गरिने उहाँको भनाइ छ । अब कृषकहरु आत्मनिर्भर भन्दा पनि व्यवसायिक बन्नु पर्नेमा सचिव हुमागाईले जोड दिनुभयो ।

अवलोकनमा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मी, गण्डकी प्रदेश अन्तरगतका सबै कृषि ज्ञान केन्द्रका प्रमुख लगायतको सहभागिता रहेको थियो । सो अवसरमा कृषकहरुले समयमा बिउ, मल तथा अनुदान पाउन नसेको गुनासो राखेका थिए ।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघका सचिव गंगाबहादुर थापाले कृषकहरुको समस्याका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मी, चासो कृषि समुहका अध्यक्ष केशव सुवेदी, मिरमिरे कृषि सहकारी संस्था लिमिटेडका सल्लाहकार तथा वरिस्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रम मिरमिरे कृषि सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईको स्वागत र सचिव थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *