जननिगरानी साप्ताहिकको छैठौं वार्षिकोत्सव


आदर्श अनलाइन, बागलुङ

गुहेली संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिकाको छैठौ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको उद्घाटनपछि बोल्दै काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले जनताको निगरानीका रुपमा पत्रकारिता अग्रसर हुँदै जानुपर्ने बताउनुभयो ।

उहाँले राज्यबाट हुने गलत क्रियाकलाप लाई संचारमाध्यमले खवरदारी गर्नुपर्ने बताउनुभयो । राज्य लगायत समाजमा हुने हरेक प्रकारका गतिविधी लाई संचार क्षेत्रले निगरानी गर्नुपर्ने चर्चा गर्दै थापाले पत्रकारहरुले सम्मृद्धिका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।



कार्यक्रममा काँठेखोला गाँउपालिका वडा नम्वर २ का अध्यक्ष बिद्यापति शर्मा, वडा नम्वर ४ का अध्यक्ष लक्ष्मण पुन, सहकारी रजिष्ट्रारको कार्यालयका अधिकृत चोला वाग्ले, राष्ट्रिय सहकारी बैकंका संचालक रामबहादुर जिसी, नेपाल पत्रकार महासघं बागलुङ शाखाका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र सहसचिव सृजना पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०६४ सालमा काठेखोलाको भिमापोखरामा स्थापना भएको गुहेली संचार सहकारी संस्थाले जननिगरानी सहित खवरवे अनलाईन संचालन गर्दै आएको छ । गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता र सचिव सुर्य थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *