एक हप्ते सहकारी लेखा व्यवस्थापन तालिम

आदर्श अनलाइन, म्याग्दी
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको समन्वयमा सहकारी लेखा व्यवस्थापन तालिम आइतबारबाट बेनीमा सुरु भएको छ ।

जिल्ला भित्रका सहकारीहरुका लेखा समिति एवम् सञ्चालक समितिका पदाधिकारीहरुको सहभागितामा तालिम संचालन भएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारीलाई जबसम्म सहि व्यवस्थापन गर्न सकिदैन तबसम्म देशको उन्नति हुन नसक्ने बताउनुभयो ।

उहाँले कहिकतै केही सहकारीहरुमा भएको समस्यालाई लिएर सबैलाई खराब भन्ने गरिएको भए पनि सञ्चालक समिति तथा कर्मचारीहरुले राम्रो तबरले आफ्नो जिम्मेवारी बोध गरेका संस्थाहरुमा समस्या नरहेको उहाँको भनाई थियो ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रोशन अर्यालले सहकारी आफैमा खराब नहुने भन्दै कुनैमा खराबी देखिएको भए पनि त्यसलाई सही ठाउँमा ल्याएर बचतकर्ताको बचत फिर्ताको व्यवस्था मिलाइने बताउनुभयो । सहकारीकर्मीले आफ्नो संस्थाको बारेमा सही जानकारी राख्नु पर्ने र त्यसलाई राम्रो बनाउने कसरी भन्ने ध्यान दिनु पर्ने उहाँको तर्क थियो ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रोशन अर्यालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला सहकारी संघ म्याग्दीका उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीले स्वागत गर्नुभएको थियो भने अध्यक्ष प्रेमबहादुर कार्कीले शुभकामना मन्तव्य दिनुभएको थियो । तालिम असार ८ गतेसम्म सञ्चालन हुनेछ । तालिमको सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रोशन अर्याल, अधिकृत तुलसीप्रसाद पौडेल, लोकनाथ अधिकारी लगायतले सहजीकरण गर्ने जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *