नेपाल रेडक्रस सोसाइटी कालिगण्डकी उपशाखाको अध्यक्षमा जि.सी

आदर्श अनलाइन, बागलुङ

नेपाल रेडक्रस सोसाइटी कालिगण्डकी उपशाखा, बा.न.पा.४ को तेस्रो उपशाखा अधिबेशनबाट हरि बहादुर जि.सी.“सन्तोष“को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको महिला उपसभापतिमा सीता कुमारी के.सी., सचिवमा ऋषिराम गोतामे, कोषाध्यक्षमा जगन्नाथ सापकोटा चयन हुनुभएको छ । त्यस्तै समितिको सहसचिवमा हरिप्रसाद आचार्य, सहकोसाध्यक्षमा लोकनाथ शर्मा, सदस्यहरुमा सोबिता आचार्य, कृष्ण प्रसाद आचार्य, राम बहादुर अधिकारी, दल बहादुर कार्की, गोबिन्द पौडेल र पदेन सदस्यमा निबर्तमान सभापति श्याम प्रसाद शर्मा रहनुभएको छ ।

कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति जगन्नाथ आचार्र्य, नेत्रज्योति संघ गण्डकी प्रदेशका उपसभापति धुब्र के.सी, धवलागिरी आँखा अस्पताल बागलुङका सभापति बिन्दुसागर राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

निर्बाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गर्दै सपथग्रहण निर्बाचन अधिकारी एबं जिल्ला शाखा उपसभापति राजेन्द्र आचार्यले गराउनु भएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कालिगण्डकी उपशाखाका सभापति श्याम प्रसाद शर्माको अध्यक्षता, उपसभापति गोबिन्द बहादुर जि.सीको स्वागत र सचिब गणेश शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *