नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेवा मार्फामा

आदर्श अनलाइन, मुस्ताङ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले मुस्ताङ जिल्लाको जोमसोमको मार्फामा शाखा रहित बैंकिङ्ग सेवा दिन थालेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाँउबाट मंगलबारदेखि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले जनाएको छ ।

बैकंले मार्फा गाँउ, जोमसोममा सुनमाया पुर्जा थकालीलाई व्यवसायिक प्रतिनिधिनि तोकेर सेवा दिन थालेको हो । मार्फमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा देशभर संख्या १०५ पुगेको छ ।

मंगलबार आयोजित शाखा रहित सेवाको सुझारम्भ घरपझोङ गाउँपालिका–२ का वडा अध्यक्ष मानबहादुर हिराचनले गर्नुभएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक जोमसोम शाखाका प्रमुख उपेन्द्र गौतमले बताउनुभयो । कार्यक्रममा स्थानीय महेश थकाली, सन्तोष कुमार सिहंशीतोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङका अधिकृत प्रेम नाथ आत्रीय लगायतले शाखा उद्घाटनमा शुभकामना दिनुभएको थियो ।

बैंकले व्यवसायिक प्रतिनिधिलाई स्थानीयस्तरमा शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको र व्यवसायिक प्रतिनिधिले बैंकले उपलब्ध गराएको विद्युतीय उपकरणको माध्यमबाट स्थानीय ग्राहकहरुलाई नगद कारोवार संग सम्वन्धित खाता खोल्न, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिन, खाता ब्यालेन्स सोधपुछ र खाता विवरण प्रिन्ट गर्न, एक खाताबाट अर्को खातामा रकम स्थानान्तरणगर्न, कर्जाको साँवा तथा व्याज असूलीगर्न, बिजुलीको विलभुक्तानी, व्यापारी भुक्तानी, मोवाईल फोनको रिचार्ज सेवा तथा अन्य बैंकले तोकेका सेवाहरु उपलब्ध गराउनेछ ।

बैंकले स्थापनाकाल देखिनै ग्रामीण क्षेत्रमा बैंकिङ्गपहँुच पु¥याउने उद्धेश्यले सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकतादिई कार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको छ ।

हालसम्म नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर २९६ वटा शाखा, १०५ वटा शाखारहित बैंकिङ्ग सेवा, ६१ वटा एक्सटेन्सन काउण्टर र २८१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *