मालिका गाउँपालिकाले घरेलु मदिरा ब्राण्डिङ गर्ने

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको मालिका गाउँपालिकाले गाँजा खेतीको सम्भाव्यता अध्ययन तथा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । पालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रममा उक्त कार्र्यक्रमलाई प्राथमिकताका साथ समावेस गरिएको हो ।
गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयकलगायतका विभिन्न विधेयक पनि पाति भएको हो । गाउँपालिका भित्र उत्पादीत घरेलु मदिराको अध्ययन गरी ऐन बनाएरै घरेलु मदिराको ब्राण्डीङ गर्ने उल्लेख छ ।

बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक औजारहरु किसानलाई सहुलियतमा उपलब्ध गराउने छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनुकासाथै गाँजा खेतीको बारेमा सम्भाव्यता अध्ययन अनुसन्धान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले पनि सम्भाव्यता अध्ययन गर्ने बजेटमै ल्याएको सन्दर्भमा मालिकाले पनि उक्त कार्यलाई आफ्नो नीति तथा कार्यक्रममा राखेको हो ।

गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ शहरी योजना, वस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । जीवन उपयोगी सिपमा आधारीत शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । गाउँपालिकालाई खुल्ला बहुसांस्कृतिक र मगर संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको निःशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ ।

नीति तथा कार्यक्रममा औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्नका लागि पर्यटकीय सडक संजाल कार्यान्वय प्रारम्भ गर्ने छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *