शसस्त्र प्रहरी जवान नक्कली परिक्षार्थी बनेपछि पक्राउ


आदर्श अनलाइन, बागलुङ

सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परिक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शनिबार यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा लिइरहेको ट्रायल सेन्टरमा परिक्षा दिन गएका शसस्त्र प्रहरी जवानलाई नक्कली परिक्षार्थी बनेको आरोपमा पक्राउ गरिएको हो ।

पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल शसस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत बिनोद नेपालीको नाममा प्रयोगात्मक परिक्षामा सहभागी रुपन्देही निवासी शसस्त्र प्रहरी जवान गणेश कोहीरी परिक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

नक्कली परिक्षार्थी बनेका कोइरी शसस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत हुनुहुन्छ भने शसस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्की स्थित शसस्त्र बाहिनीमा कार्यरत हुनुहुन्छ । प्रहरीले नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको केसीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *