बडिगाड गाउँपालिकाको बजेट रु. ६७ करोड १९ लाख

आदर्श अनलाइन, बागलुङ

बडिगाड गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँसभामा आर्थिक वर्ष २०८०÷८१ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो ।

बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट रु. एक करोड ५० लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट रु.१० करोड ७७ लाख ७७ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु. ८८ लाख ४० हजार, चालु वर्षको नगद मौज्दातबाट रु.२ करोड ९५ लाख, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघीय सरकारको वित्तिय सम्मानीकरण अनुदानबाट रु.१० करोड ९५ लाख, प्रदेश तर्फको वित्तिय सम्मानीकरण अनुदान रु.१ करोड ४४ लाख ४७ हजार, संघीय सरकारको ससर्त अनुदान रु.३५ करोड ४४ लाख, संघीय सरकारको विशेष अनुदान रु.९० लाख, प्रदेश सरकारको ससर्त अनुदान रु.६० लाख, संघिय सरकारको समपुरक अनुदान रु. १ करोड ८५ लाख, प्रदेश सरकारको समपुरक अनुदान रु. ५० लाखगरी कुल रु. ६७ करोड १९ लाख ६४ हजार आय प्रस्ताव गरिएको छ ।

गाउँपालिकाको चालु खर्चको रुपमा रु.१३ करोड ४५ लाख ३८ हजार, ससर्त चालु खर्च तर्फ रु.३४ करोड ४५ लाखगरी कुल रु.४७ करोड ९० लाख ३८ हजार तथा पुँजिगत तर्फ ससर्त पुँजिगत खर्च रु. १५ करोड ५ लाख २६ हजार तथा ससर्त पुँजिगत खर्च रु. ४ करोड २४ लाखगरी जम्मा रु. १९ करोड २९ लाख २६ हजार खर्च प्रस्ताव गरिएको छ ।

यो पनि पढ्नुहोस्