स्वास्थ्यकर्मीलाई तथ्याङ्क अभिलेखीकरण तालिम

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीका तीन वटा स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तथ्याङ्क अभिलेखिकरणका लागि अभिमुखिकरण तालिम दिइएको छ ।
जिल्लाका मंगला गाउँपालिका, मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत २५ जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको हो । कोभिड–१९ भ्याक्सीनको डिजिटाइजेसन तथा क्युआर कोड प्रमाणिकरण र परिमार्जित एचएमआइएस टुल्स÷डिएचआइएस–२ सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई तालिम आयोजना गरिएको हो ।

तीन दिनसम्म सञ्चालित तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले स्वास्थ्य तथा सुचना प्रणाली सम्बन्धी ज्ञान प्राप्त गरेको अन्नपुर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो ।
स्वास्थ्य कार्यालय म्याग्दीको सभाहलमा सञ्चालन भएको उक्त तालिममा सहभागीहरुले आफ्नो क्षेत्रमा गएर काम गर्दा तत्काल प्रयोगमा आउने सिप सिक्न पाएको मंगला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *