मदन भण्डारीको सिद्धान्तलाई पैरवी गरौं


आदर्श अनलाइन, बागलुङ

बागलुङमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले बिहीबार नेपाली राजनीतिमा मदन भण्डारीको योगदान विषयम अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसीले मदन भण्डारीको सिद्धान्तलाई पैरवी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मदन भण्डारीको जनताको बहुदलीय जनवादका विषय जनतासामु लैजान आवश्यक रहेको बताउनुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले प्रतिपादन गरेका सिद्धान्तलाई बिस्तारै विर्सदै गएको र आगमी दिनमा मदन भण्डारीको विचार कुना पर्ने अवस्था आउन सक्ने भन्दै भण्डारीको विचार, सिद्धान्त र योगदानको पैरवी गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारीका पूर्व केन्द्रिय सचिव राम कृष्ण शर्मा, प्रेस चौतारीका जिल्ला इन्चार्ज तारानाथ आचार्य र प्रेस चौतारीका पूर्व केन्द्रिय सल्लाहकार राम बहादुर जिसीले मदन भण्डारीको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष सृजना पन्तको अध्यक्ष, उपाध्यक्ष खेमराज गौतमको स्वागत तथा सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *