जलजलाको बजेट अझै अन्यौल


अमृत बास्कुने, म्याग्दी

म्याग्दी सदरमुकाम बेनी सँगै जोडीएको पर्वत जिल्लाको जलजला गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट तथा नीति कार्यक्रम अझै सम्म पनि अन्यौल रहेको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले एकलौटी तबरले बजेट निर्माण गर्नुका साथै योजनाहरु तय गरेको भन्दै गाउँसभा तथा कार्यपालिकाका बहुमत सदस्यहरुले गरेको अवरोधका कारण बजेट अन्यौल भएको हो । गाउँपालिकाको ४९ सदस्यीय गाउँसभामा एमालेबाट २७ जना र १७ सदस्यीय कार्यपालिकामा ११ जना रहेका छन् । नेपाली कांग्रेस तथा माओवादीबाटबाट गाउँसभामा २२ जना र ६ कार्यपालिकामा रहेका छन् । सभाको बहुमत सदस्यहरुले बिधि सम्बत तबरले बजेट निर्माण गरेर ल्याउनका लागि माग गर्दा अध्यक्षले वेवस्ता गरेको आरोप एमालेबाट निर्वाचित सदस्यहरुको रहेको छ ।

बिहीबार बेनीमा पत्रकार सम्मेलन गर्दै पाँच वटा वडाका अध्यक्ष एवम् बहुमत सदस्यहरुले यथावस्थामा बजेट तथा नीति कार्यक्रम आउन नसक्ने धारणा राखेका हुन् । गाउँपालिकाका ११ जना कार्यपालिका सदस्यहरुले एक बिज्ञप्तीजारी गर्दै गाउपालिकाले नीति तथा कार्यक्रम, कार्यपालिका बैठकलाई छलेर सिधै गाउँसभामा पेश गर्न खोजेको आरोप लगाएका छन् । उनीहरुले गाउँपालिका अध्यक्षले वडा अध्यक्षलाई समेत गुमराहमा राखेर सिधै वडामा समेत हस्तक्षेप गरेको आरोप लगाउँदै नीति कार्यक्रम तथा बजेट कार्यपालिकामा छलफल भएर पारित नभए सम्म सभामा पेश हुन नदिने अडान राखेका छन् ।

अध्यक्ष आचार्यले असार १० गते बोलाएको गाउँसभा गणपुरक नपुगेर स्थगित भएपछि १२ गते बोलाएको सभा पनि त्यसैगरी स्थगित भए पछि नीतिमा टेकेर २५ प्रतिशतको उपस्थितिमा १४ गते बिहिबार सभा गर्ने योजनामा रहेकोले आजको बैठकमा उपस्थित भएर सभाको कुनै पनि काम कार्वाही चल्न नदिने कार्यपालिका सदस्य भीमसेन बहादुर बिश्वकर्माले बताउनुभयो । कम्तीमा एक हप्ता पहिला सभाको जानकारी दिनु पर्नेमा असार ८ गते पत्रकाटेर असार १ गतेको मिति राखेर पत्राचार गरी अबैध तबरले सभा बोलाइएको बहुमत पक्षले आरोप लगाएका छन् ।

गाउँपालिकाको भवन बनाउनका लागि प्रकृया पुरा भएको स्थानमा नबनाएर अर्को स्थानमा बनाउनका लागि अध्यक्षले आर्थिक अपचलनका लागि गर्न खोजेको उनीहरुको आरोप छ ।

गाउँसभामा पेश गर्न तयार पारेको नीति कार्यक्रम तथा बजेट र अन्य विधेयकहरु कार्यपालिका बैठक राखेर छलफल गरेर सभामा ल्याए पारित हुन सक्ने एमाले पक्षले बताएको छ । तर कार्यपालिका तर्फ फर्केर बजेट तथा नीति कार्यक्रम पेश गरेर सभा डाक्ने पक्षमा गाउँपालिका अध्यक्ष नदेखिएको गाउँपालिका श्रोतको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *