मदन भण्डारीको जन्मोत्सवमा बृक्षारोपण


आदर्श अनलाइन, म्याग्दी

जननेता मदन कुमार भण्डारीको जन्मोत्सवको अवसरमा म्याग्दीमा बृक्षारोपण गरिएको छ । मदनको जन्मजयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर एमालेले विभिन्न स्थानमा बृक्षा रोपण गरेको जनाएको छ ।

नेकपा एमाले नगरकमिटिले आयोजना गरेको बृक्षारोपणमा केन्द्रीय सदस्य भुपेन्द्र थापा, प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्र केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी, उपसचिव थमसरा पुन लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै केन्द्रीय सदस्य भुपेन्द्र थापाले मदन भण्डारीको योगदानको चर्चा गर्नु भएको थियो । हामीले हरेक क्षेत्रमा राजनैतिक आकांक्ष र देशको अहिलेको परिवर्तनका बारेमा केही सोच्ने हो भने मदन भण्डारीलाइ भुल्न हुदैन थापाले भन्नुभयो ।

नगरकमिटीका सचिव सुवास विश्वकर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष नारायण जिसीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *