लागुऔषध दुरुपयोग विरुद्ध तमानखोलाका युवा तथा विद्यार्थीलाई सचेतना कार्यक्रम

रोहन जि.सी, बागलुङ

दिनानु दिन बढ्र्दै गईरहेको लागु औषध दुव्र्यसनको समस्या समाधान गर्नको लागि तमानखोला गाउँपालिकामा युवा तथा विद्यार्थीलाई लागुऔषध दुरुपयोग विरुद्ध सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाको आयोजना, बागलुङ सुधार केन्द्रको समन्वय र ईलाका प्रहरी कार्यालय बुर्तिबाङको सहयोगमा लागु औषध दुरुपयोग विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

युवा तथा विद्यार्थीहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने, लागु पदार्थ दुव्र्यसेवनमा लागिसकेकालाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने व्यबस्था गर्ने, लागु पदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिक समाजलाई सक्रिय बनाउने, लागु पदार्थका दुव्र्यसेवनी लाई अपराधिको रुपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश ब्यापक रुपमा फैलाउनका लागि सचेतना कार्यक्रमको आयोजना गरिएको बागलुङ सुधार केन्द्रका अध्यक्ष मन्जेश राना (कुमार)ले जानकारी दिनुभयो ।

कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत ईश्वरलाल शाक्य, बाग्लुङ सुधार केन्द्रका सदस्य एंव बागलुङ नगरपालिका वडा नं.७ का वडा सदस्य सुदिप गौतम, ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी सहायक निरीक्षक बिनोद थापा, बागलुङ सुधार केन्द्रमा उपचार र परामर्श लिएका सन्तोष गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा तमानखोलाका गाँउपालिका भित्रका विभिन्न विद्मालयका २०० जना विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न भएको छ ।

कार्यक्रम तमानखोलाका गाँउपालिकाका खेलकुद बिकास समिति संयोजक हिक्मत जक्तपुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मानिसले प्रयोग गर्ने कुनैपनि औषधी जसको सेवन गर्दा केन्द्रीय स्नायू प्रणालिमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउछ भने त्यसलाई लागु औषध भनिन्छ ।

यसले मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउदछ । नेपालमा बढ्दो गरिवी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, सामाजिक परिवेश जस्ता कारण, राजनीतिक असफलताको कारण तथा प्रहरीको कारर्वाही फितलो हुनुको कारणले यो समस्या दिनानुदिन बृद्धि हुँदै गैरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *