क्षेत्री समाज बागलुङको स्थापना दिवसमा वृक्षारोपण

लक्ष्मी शर्मा, बागलुङ
क्षेत्री समाज बागलुङका सल्लाहकार तेजबहादुर खत्रीले समाजिक सदभाव कायम राख्दै सभ्य समाज निर्माणका लागि सम्पूर्ण जात जातीबिच एकता हुनुपर्ने बताउनुभएको छ ।

क्षेत्री समाज बागलुङको १६ औं स्थापना दिवसको अवसरमा समाजले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको विरुवा रोपेर उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सामाजिक सन्तुलन कायम राख्नको लागि सम्पूर्णले एक अर्काको जात जाती, धर्म संस्कृती र संस्कारको सम्मान गर्नुपर्ने बताउनुभयो ।

क्षेत्री जातीलाई आदीवासी, नेपालको मुल जातीको रुपमा सूचिकृत गराउनु पर्ने भन्दैै क्षेत्रीका हक हितको लागि स्थापना भएको क्षेत्री समाज सम्पूर्ण जात जाती र धर्म संस्कृतीको सम्मान गर्दै सबैको अधिकारको लागि प्रतिवद्ध रहेको क्षेत्री समाज बागलुङका अध्यक्ष रुद्र महतले बताउनुभयो ।

उहाँले क्षेत्री समाजले विभिन्न सामाजिक काम गर्दै आएको बताउदै कहिले वेद विद्याश्रम, कहिले मानवसेवा आश्रम जस्ता मानविय कार्यमा लागेका संस्थासँग समेत सहकार्य गर्दै आएको बताउनुभयो ।

सहिद स्मृती पार्कमा विभिन्न प्रजातिका १ सय भन्दा बढी विरुवा रोपेको समाजका अध्यक्ष रुद्र महतले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *