पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
दरमखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् ।

दरमखोला हाइड्रोपावरमा लेवरको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट नगरपालिका–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा साँझ ६ बजे बेपत्ता भएका थिए ।

वेपत्ता भएका कार्कीलाई प्रहरी टोलीले बेपत्ता भएको स्थानदेखि ४ किलोमिटर पूर्व खोलाको बिच भागमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *