जैमिनीमा दुई दिने नेतृत्व विकास र उद्घोषण कला तालिम


आदर्श अनलाइन, बगालुङ
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका जनप्रतिनिधिहरुको लागि दुई दिने दुई दिने नेतृत्व विकास र उद्घोषण कला तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा तालिम आयोजना गरिएको थियो ।
मंगलबारदेखी शुरु भएको तालिम बुधबार सम्पन्न भएको छ । दुई दिने नेतृत्व विकास र उद्घोषण कला तालिमको मंगलबार नगरउपप्रखु हरिहर शर्माले उद्घाटन गर्नुभएको थियो भने बुधबार नगप्रमुख नर बहादुर पुनले समापन गर्नुभएको थियो ।

जनप्रतिनिधि अथवा नेतामा हुनपर्ने गुणहरु, नेता बन्नका लागि आवश्यक शैद्धान्तिक ज्ञान, भाषण तथा उद्घोषण कलाका विषयमा दुई दिनसम्म नगरपालिकाका नगरप्रमुख सहित नगर उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरुलाई तालिम प्रदान गरिएको छ ।

कार्यक्रममा समापनमा बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले असल नेतृत्वका लागि सिप तथा ज्ञान आवश्यक रहेकाले यस्ता तालिमहरु जनप्रतिनिधिका लागि समेत आवश्यक रहेको बताउनुभयो ।

“एउटा परिस्थितिले जनप्रतिनिधि बन्छ तर उसमा सिप, ज्ञान र क्षमता आफै त आउने हैन, जनप्रतिनिधिले जनताको कामलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि समेत ज्ञान हासिल गर्न आवश्यक छ” पुनले भन्नुभयो “कार्यसम्पादनलाई प्रभावकारी बनाउन, जनताको समस्या समाधान गर्नका लागि जनप्रतिनिधि अब्बल हुन आवश्यक हुन्छ, तालिमपछि जनप्रतिनिधिहरुमा निखार आउने अपेक्षा राखेका छौं ।”

कार्यक्रममा नगर उपप्रमुख हरिहर शर्माले जनप्रतिनिधिको रुपमा काम गर्दा धेरै समस्या आउने र सबैको बिचमा बसेर छलफल गरेमा समाधान गर्न भाषण तथा उद्घोषण तालिमले सहज हुने बताउनुभयो ।

तालिमको पहिलो दिन जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेतामा र नेतृत्वजमा हुनुपर्ने आवश्यक ज्ञान र जनतालाई समन्वय गर्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

यस्तै तालिमको दोस्रो दिन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका तालिम संयोजक दिपेन्द्र श्रेष्ठले उद्घोषण र भाषण कलाका विषयमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष जिबनकला खत्री सरिताको अध्यक्षतामा सम्पन्न तालिमको स्वागत सहसचिब तथा तालिम संयोजक तारानाथ आचार्य र सञ्चालन पत्रकार महासंघका सचिव विजय रानाले गर्नुभएको थियो । तालिममा जैमिनी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य सहित ३५ जनाको सहभागीता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *