जेष्ठ नागरिकलाई लौरो र थर्मस वितरण

अमृत बास्कुने, म्याग्दी
बेनी नगरपालिका–९ ले ७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरेको छ । वडा कार्यालयले जेष्ठ नागरिकलाई हिडडुल गर्न सहजताका लागि लौरो र समय–समयमा तातोपानी पिउनका लागि थर्मस वितरण गरेको वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

अध्यक्षसँगै सदस्यहरू झलक विक, गंगा पूरी, शारदा विक र वडा सचिव रमेश जिसी सहितको टोली घरदैलोमा पुगेर उक्त सामग्री हस्तान्तरण गर्ने गरेको छ । ज्ञान, सिप, अनुभव आदान प्रदान तथा समस्यासमेत जानकारी लिने उद्देश्यले अभियान निकै फलदायी भएको अध्यक्ष केसीले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारका अझै अपुग भए पनि वडाले हरेक गतिविधिमा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने वडा अध्यक्ष केसीको भनाई थियो ।

उहाँले जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा त्यसले समाज विकास र सुधारमा महत्वपूर्ण भुमिका पुग्ने भएकाले आगामी दिनमा उक्त कार्यक्रमलाई समेत प्राथमिकता दिने बताउनुभयो ।

वडाभित्र सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या धेरै भएकाले यस पटक ७५ वर्ष नाघेकालाई वितरण गरिएको र आगामी बजेटमा ६० देखि ७४ वर्ष उमेरकालाई समेत विभिन्न कार्यक्रममार्फत समेट्ने वडा कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *