हरियाली पार्क आमा समूहको सम्मान कार्यक्रम


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१ रामरेखा गंगापथ स्थित हरीयाली पार्क आमा समूहले एक कार्यक्रमका बीच आमा समूह र हरीयाली पार्क निर्माणमा सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेको छ ।

हरीयाली पार्कमा आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्वतमान गण्डकी प्रदेश सदस्य कोपिला बोहोराले विकासमा विभेद गर्न नुहुँने बताउनुभयो । उहाँले विकास निर्माणका लागि, महिला सहभागिताका लागि र अन्य सामाजिक काम राजनैतिक आस्थाका आधारमा विभेद गर्न नहुने बताउनुभयो ।



कार्यक्रममा हरियाली आमा समूहले हरीयाली पार्क निर्माणमा सहयोग पु¥याएको भन्दै निर्वतनमा गण्डकी प्रदेश सांसद कोपिला बोहोरालाई सम्मान गरिएको थियो । यस्तै आमा समूहलाई निरन्तर सहयोग गर्ने सुर्य केसी, गोविन्द प्रसाद शर्मा कंडेल, कालिका कंडेल, सुजन सापकोटा, दिल बहादुर श्रीस, प्रकाशराज सापकोटा र भक्त बहादुर श्रीसलाई सम्मान गरिएको थियो । २०५२ सालदेखि मध्यपहाडी लोकमार्ग छेउमा रहेको खाली जग्गालाई हरीयाली पार्कको रुपमा विकास गर्न थालिएको थियो । हरीयाली पार्कका लागि बागलुङ नगरपालिकाबाट एक वर्ष अघि रु. पाँच लाखमा सामुदायिक भवन निर्माण गरिएको थियो ।

यस्तै चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको रु. पाँच लाख लागतमा पार्क बगैचा तथा कटेज निर्माण गरिएको छ । कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष डा. दिन बहादुर थापा, पूर्व क्याम्पस प्रमुख गोविन्द शर्मा कंडेल, बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष जय बहादुर केसी, रामरेखा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्य, समाजसेवी गीता आचार्य, बालकृष्ण शर्मा र गंगापथ टोल विकास समितिका अध्यक्ष धर्मदत्त सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अरीयाली आमा समूहका अध्यक्ष कालिका कंडेलको अध्यक्षता, उपाध्यक्ष हुमा थापाको स्वागत तथासचिव नविना श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *