रुद्रेपिपल माध्यामिक विद्यालयको सम्मान कार्यक्रम


सुजन रेग्मी, बागलुङ
बागलुङ जिल्ला सदरमुकाम स्थित रुद्रेपिपल माध्यामिक विद्यालयले एक समारोहको आयोजना गरी एसईई उत्तिर्ण हुनेलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जिल्लामा चार जिपिए ल्याउने सम्पुर्ण विद्यार्थीलाई २०/२० हजारका दरले सम्मान गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयका विद्यार्थीले समेत सत प्रतिशत नतिजा हासिल गर्न सकिने उदारण बागलुङले पेश गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोसनी कुमारी श्रेष्ठले बिद्यार्थीको भविष्य शिक्षक र अभिवावक हातमा रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुस्मराज उपाध्याले रुद्रपिपल माध्यामिक विद्यालयमा कक्षा ११ र १२ को आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयबाट सुवास शर्माले चार जिपिए ल्याउनुभएको थियो ।

उहाँलाई विद्यालयका बिज्ञान शिक्षक प्रकाश शर्मा आचार्यले आफ्नो व्यक्तिगत रु. ५० हजार सहयोग गर्नुभएको थियो । बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेल, बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार के बि राना लगाएत शिक्षक शिक्षिकाहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा शर्मा सहित अन्य उपस्थित एसईई उत्तिर्ण विद्यार्थी सम्मानित भएका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शालिकराम शर्मा आचार्यको अध्यक्षता, प्रधानध्यापक राजेश श्रेष्ठको स्वागत तथा तारक राज पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *