चट्याङ पीडित भेडापालक किसानलाई सहयोग


आदर्श अनलाइन, म्याग्दी

म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई युवाहरुको अगुवाइमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ । गएको असार ९ गते चट्याङ लागेर ४५ वटा भेडा मरेर क्षती भएको हुनाले उहाँलाई सहयोग गरिएको हो ।

बेनीका युवा व्यवसायी कुलदिप जुगजाली, बाख्रा पालक कृषक धन श्रीष र युवा व्यवसायी छवि आचार्यको अगुवाइमा म्याग्दी तथा म्याग्दी बाहिरका युवाहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको रकम बेनीमा हस्तान्तरण गरिएको हो । संकलित रकम ७२ हजार तीन सय ३१ रुपैंया कृषक पुनलाई हस्तान्तरण गरिएको थियो । ३८ जना नागरिकहरुले स्वतस्फुर्त रुपमा उक्त रकम सहोग गरेको रकम संकलनका अगुवा छवि आचार्यले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले संयुक्त रुपमा आयोजना गरेको सार्वजनिक सुनुवाईको अवसर पारेर उक्त रकम हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *